केकी र मेलिनासंग छल्किएको करिश्माको सुन्दरता


नेपाली चलचित्रकी सदाबहार सुन्दर अभिनेत्री करिश्मा मानन्धर अहिले पनि अभिनयमा सक्रिया रहेकी छिन् । लामोसमयबाट अभिनयमा रहेकी मानन्धर नेपाली चलचित्रको इतिहास लेखिदा सदा सम्झने नाम रहेको छ ।

पछिल्लो समय अध्ययनमा पनि व्यस्त रहेकी अभिनेत्री मानन्धरले केहि समय अगाडी सार्वजनिक ‘माछीलाई खोलीको लेउ’ बोलको गीतमा हरिवंश आचार्य, केकी अधिकारी र पल शाहसंग अभिनय गरेकी थिइन् ।

हरिवंश आचार्य र मेलिना राईको आवाज रहेको गीतलाई दर्शकले निकै रुचाए थिए । केकी अहिलेको समयकी सफल अभिनेत्री हुन् भने मेलिना पछिल्लो समयकि सर्वाधिक सफल गायिका हुन् ।

प्रतिक्रिया दिनुहोस्