सामारिका-स्मारिकालाई तीजमा नाच सिकाउदै सम्झना


तीज पर्व नजिकिएसंगै गीत हरु सार्वजनिक हुने क्रम बढ्दो रहेको छ। यहि बिचमा अर्जुन पोख्रेलको संगीतमा नयाँ तिज गीत सार्वजनिक भएको छ। पारु रंजित र छानु गूरुङ्गको आवाजमा रहेको ‘तेसरी तेसरी’ बोलको गीतमा अम्बिका लामिछानेको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको छ।

उत्तम श्रेष्ठ शिशिरको निर्देशनमा तयार भएको गीतको भिडियोमा सम्झना बुढाथोकी र समारिका स्मारिका ढकाल फिचर रहेका छन्। सोहन ताम्रकारले भिडियोमा कोरियोग्राफी गरेका छन्। उत्सव दाहालले खिचेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्