A vertical shot of the black cat in the dark darkness

परदेशी २ अव फागुनमा, नयाँ रिलिज मिति तय


असोज १४ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र ‘परदेशी २’ ले आफ्नो रिलिज मिति पोष्टपोन्ड गरेको छ । नारायण रायमाझी निर्देशित चलचित्रको नयाँ रिलिज मिति फागुन ५ गतेलाई तय गरिएको छ। वितरक तथा प्रदर्शकको सल्लाह बमोजिम चलचित्रको रिलिज मिति पछी सारिएको निर्माण टिमले जानकारी गराएको छ।

तर चलचित्रको रिलिज मिति पछाडी सर्नुलाई असोज ७ गते रिलिज तयारीमा रहेको चलचित्र ‘प्रेमगीत ३’ को चर्चालाई लिईएको छ। निर्माता राजेश वंशलले निर्माण गरेको चलचित्रमा दिलिप रायमाझी, प्रकाश सपुत, केकी अधिकारी, प्रशान्त तामाङ्ग, बर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्