राजेशपायल र दयाहाङले गरे ‘द काइट्स’ को विमोचन


गायक कारण राईको पहिलो एल्बम ‘द काइटस’ को विमोचन गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायकद्धय गणेश रसिक, राजेशपायल राई र अभिनेता दयाहाङ राई सहितका व्यक्तिले एल्बम विमोचन गरेका थिए।

एल्बम बिमोचनसंगै गायक राईले आफ्ना २ गीतहरु ‘रानी हो’ र ‘ चङ्गा’ लाईभ व्याण्डसहित प्रस्तुती दिएका थिए। संगीतमा रुची भएका राई अमेरिकाबाट नेपाल फर्किएर एल्बम सार्वजनिक गरेका हुन्। भुटानी शरणार्थी शिवीरमा जन्मिएका राईलाई राजेश, रसिक लगायतले सफलताको शुभकामना दिएका थिए। सार्वजनिक एल्बममा ९ गीत समावेश छन् । सबै गीतमा करणको स्वर समावेश छ । डोएट गीतमा भने करणलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । एल्बमका गीतमा क्रमशः प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डुक्पा र सपना भुजेलको शब्द छ भने देबेश राई, डम्बर नेपाली र महेन्द्र राईको संगीत छ । एरेञ्ज गायक तथा संगीतकार देबेशले नै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्