अटिजम प्रभावित बालबालिकासंग पुष्प र श्रद्धा, आज चीतवनमा कन्सर्ट गर्दै


भदौ ३ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘कृष्णलीला’ ले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएको छ। बिशेष गरि चलचित्रका मुख्य दुई पात्र पुष्प खड्का र श्रद्धा क्षेत्री चलचित्रको प्रचारमा दौडिरहेका छन्। आज मात्र उनीहरु चीतवन पुगेका छन् ।

चीतवन जानु अगाडी चलचित्रको टिमले सोमबार हरिसिद्धिस्थित अटिजम केयर नेपाल सोसाइटीमा पुगेर त्यहाँ रहेका अटिजम प्रभावित बालबालिकासंग समय बिताएको छ। चलचित्रमा पुष्पले अटिजम प्रभावित चरित्र निर्वाह गरेका छन्। कलाकार सहितको टिम लिएर पुगेको चलचित्र युनिटले त्यहा रहेका बालबालिका संगै नाचेर रमाइलो गरेका थिए। त्यो संग चलचित्रको टिमले बालबालिकालाई खानेकुरा समेत वितरण गरेको थियो।

दिपक वली निर्देशित चलचित्र बाट पुष्प निकै आशावादी रहेका छन्। त्यस्तै अभिनेत्री श्रद्धापनि आफ्नो डेव्यु चलचित्रले राम्रो छाप छाड्नेमा विश्वस्त रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्