कृष्ण र राधा बनेका पुष्प र श्रद्धाको जोडी


भाद्र ३ गते श्रीकृष्ण जन्मअष्टमीको अवसर पारेर चलचित्र ‘कृष्णलीला’ रिलिज हुदैछ। रिलिज मिति नजिकिदै गर्दा चलचित्रको निर्माण टिम प्रचारप्रसार मा तिब्र रुपमा लागी रहेको छ। पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा रहेको चलचित्रको निर्माण टिमले रिलिज मिति नजिकिदै गर्दा नयाँ पोष्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोष्टरमा दुवैलाई कृष्ण र राधाको अवतारमा देखाइएको छ।

चलचित्रमा कृष्ण र लिलाको पात्रमा देखिएका दुवैको प्रेम राधाकृष्णको जस्तै रहेको बुझाउन निर्माण टिमले कोसिस गरेको छ। दिपक ओली निर्देशित चलचित्रमा पुष्पले अटिजम रोगले ग्रसित व्यक्तिको पात्र निभाएका छन्।
चलचित्रमा पुष्प र श्रद्धाको साथमा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ। प्रकाश राज कार्की र केवल तामाङ निर्माता रहेको चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्