प्रिमियरमा ‘माइकल अधिकारी’ को प्रशंसा, नेता देखि कलाकारले गरे सौगात र सृष्टिको तारिफ


भाद्र ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘माइकल अधिकारी’ को बुधबार प्रिमियर भएको थियो। देशका नेता देखि विभिन्न क्षेत्रका व्यक्तित्व गोपीकृष्ण मुभिजको निम्ता स्विकार गरेर चलचित्रको प्रिमियरमा पुगेका थिए। भत्किएको गोपीकृष्ण हलमा बाँकि रहेका केहि पर्दामामा गरिएको स्क्रीनिङ्गमा चलचित्रले आमन्त्रित पाहुनाको मन जित्यो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन, अभिनेत्री तथा नेत्री रेखा थापा, बरिष्ठ डाक्टर भोला रिजाल, बरिष्ठ गायक आनन्द कार्की, पुर्व संचारकर्मी तथा भर्खरै राजनीतिमा प्रवेश गरेका रवि लामिछाने, निर्देशक नवल नेपाल लगायत दर्जनौ सेलिब्रेटीले चलचित्र हेरेका थिए। आगन्तुक पाहुनाले चलचित्र हेरिसकेपछि चलचित्रले उठाएको विषयबस्तु र कलाकारको अभिनयको खुलेर प्रशंसा गरे। सेरोगेसी मदर (कोख भाडामा दिने आमा) को कथा बोकेको चलचित्र हेरिसकेपछि डाक्टर भोला रिजालले यति संवेदनशिल विषयमा निर्माण चलचित्र निर्माण गर्ने कोसिस गर्नु नै निर्माताको सफलता भएको बताए।

राप्रपा अध्यक्ष राजेन्द्रले चलचित्रले उठान गरेको विषयले नेपाली चलचित्र क्षेत्रलाई नयाँ आयाम दिन सक्ने विश्वास व्यक्त गरे।

अभिनेत्री रेखा थापाले चलचित्र हेरिसकेपछि सृष्टिको खुलेर तारिफ गरिन् उनले मिस नेपाल हुँदा देखि नै सृष्टिलाई फलो गरेको र पहिलोपटक उनको चलचित्र हेर्दा साच्चै उनको अभिनय मन परेको बताईन्। उनले सौगात मल्लको फ्यान भएको बताउदै सृष्टि भविष्यको राम्रो कलाकार रहेको प्रतिक्रिया दिईन्।

प्रतिक्रिया दिनुहोस्