‘प्रेमगीत ३’ टिजर: हिन्दी र नेपाली कुन छ अब्बल ?


प्रदिप खड्का स्टारर चलचित्र ‘प्रेमगीत ३’ को चर्चा यतिबेला नेपाल देखि भारतीय मिडियासम्म रहेको छ। सार्वजनिक पहिलो हिन्दी र नेपाली टिजरपछि त झन् यस्तो चर्चा उचाईमा रहेको छ । सन्तोष शेनको मिहेनत र नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा प्रस्तुत गर्ने उनको हिम्मतको पनि खुलेर प्रसंशा भैरहेको छ।

यहि बीचमा निर्माण टिमले चलचित्रको दोश्रो हिन्दी र नेपाली भाषाको टिजर सार्वजनिक गरेको छ। राज्य र प्रेमको विचमा बारेका प्रदिपको आसपासमा नै चलचित्रको टिजर केन्द्रित रहेको छ। साउण्ड र व्याकग्राउण्ड म्युजिकमा यो पटक पनि हिन्दी टिजर नै अब्बल देखिएको छ। सेप्टेम्बर १ मा ट्रेलर रिलिजको तयारीमा निर्माण टिम रहेको छ। सन्तोष र छेतेन गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रमा प्रदीपको साथमा क्रिष्टिना गुरुङ्ग, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, अनुभब रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ।

नेपाली भाषाको टिजर :

हिन्दी भाषाको टिजर

प्रतिक्रिया दिनुहोस्