प्रदर्शकमाथी आक्रोशित प्रदिप- ‘हेर्न लायक चलचित्र छैन भनेर कन्भिन्स गर्नुहोस म चलचित्र खेल्न छोडिदिन्छु’


आज बाट रिलिज भएको चलचित्र ‘प्रकाश’ ले सार्वजनिक प्रचार समाग्री देखि प्रिमियरसम्म उत्कृष्ट प्रतिक्रिया बटुल्यो। चकलेटी अभिनेताको रुपमा स्थापित प्रदिप खड्काको रुपान्तरण र अभिनयले सवैलाई प्रभावित पार्यो । तर रिलिज भएको भारतीय सिनेमा ‘लाइगर’ को अगाडी नेपाली हलमा ‘प्रकाश’ को शो नगन्य मात्रमा रहेको छ। लाइगरले भारतीय मिडियामा खराब समिक्षा बटुलिरहेको छ। प्रकाशले कम शो पाएपछि अभिनेता प्रदिप खड्का आक्रोशित बनेका छन्। उनले प्रदर्शकमाथी आक्रोश गर्दै खरो टिप्पणी गरिरहेका छन्। उनी भन्छन्, ‘कुनै चलचित्रसंग प्रतिष्पर्धा नहोस भन्ने हाम्रो चाहना हैन। स्वतन्त्र बजार छ र हामी प्रतिष्पर्धा गर्छौ नै भनेर आएको हो। तर प्रतिष्पर्धाका लागी बराबर अवसर त हुनपर्यो नि। ‘

उनले प्रदर्शकहरुले प्रकाश एक विकृतिहो र यसलाई दवाउनुपर्छ जस्तो व्यवहार गरिएको समेत बताएका छन्।
‘हाम्रो चलचित्र हामी प्रोजेक्टर लिएर बाटोबाटोमा देखाउदै हिड्न पनि तयार छौ। तर हामीले पैसा खर्च गरेर चलचित्र निर्माण गरेको त्यसकै लागी हो त। चलचित्र कस्तो छ भनेर दर्शकलाई हेर्न दिनुत पर्यो नि। ‘

चलचित्रलाई हलले शुक्रबार प्राय अफ टाइमको शो दिएको छ।

उनी प्रदर्शक संगै चलचित्रकर्मी माथी पनि खनिएका छन्। प्रदिप भन्छन्, ‘२५०० बढी चलचित्रकर्मी छु हामी यहा। उहाहरु सवै आएर एकपटक चलचित्र हेर्नु भयो भने पाएको शो फुल हुन्छ। चलचित्र हेरिसकेपछि नराम्रो लग्यो भने म सवैको पैसा फिर्ता दिन तयार छु।’

तपाई जति प्रदर्शकहरु हुनुहुन्छ, ल हामीलाई तिमीहरुले धेरै शो पाउन लायक चलचित्र बनाएका छैनौ भनेर कन्भिन्स गर्नुहोस् । म अर्को पटकदेखि फिल्म नै खेल्न बन्द गरिदिन्छु ।’ प्रदिपले आक्रोश पोखे।

प्रतिक्रिया दिनुहोस्