उम्मेदवार सिफारिस पछि रेखा भन्छिन्, ‘मोरङ्ग मेरो घर हो म चुनाव लड्नको लागी तयार छु।’


नेपाली चलचित्र क्षेत्रमा दशक बढी राज गर्न सफल अभिनेत्री रेखा थापाले नेतृको रुपमा आफ्नो परिचय बनाएको पनि लामो समय भैसक्यो। राप्रपामा आफ्नो राजनीतिक जीवन अगाडी बढाईरहेकी रेखा प्रतिनिधिसभाको चुनावका लागी मोरङ्ग क्षेत्र नम्बर ३ बाट उम्मेदवारको रुपमा सिफारिस भएकी छिन्। राप्रपाले उनको नाम उक्त क्षेत्रबाट सिफारिस गरेको हो। रेखाको घर पनि सोहि क्षेत्रमा पर्ने गर्दछ। उनी उठेको क्षेत्रमा नेकपा एमालेको बलियो पकड रहेको छ। यो क्षेत्रमा एमाले अध्यक्ष ओलीका विश्वास पात्र भानुभक्त ढकाल उम्मेदवारको बन्ने तयारीमा रहेको छ। २०७४ सालको निर्वाचन मा भानुभक्तले कांग्रेस उम्मेदवार सुनिल शर्मालाई झिनो मतान्तरले हराएका थिए।


उता रेखा क्षेत्र नम्बर ६ बाट एमालेसंग तालमेल गरेर उठ्ने चर्चा समेत रहेको छ। एमाले अध्यक्ष ओलीसंगको केहि दिन अगाडीको भेटलाई पनि सोहि तालमेलको सुरुवातको कडीको रुपमा हेरिएको थियो। सो क्षेत्र लालबाबु पण्डितको क्षेत्र हो। उक्त क्षेत्रमा एमालेको संगठन कमजोर रहेको छ ।

छोटो राजनीतिक करियरमा आफ्नो बलियो उपस्थिति रेखाले देखाईसकेकी छिन्। सोहि कुराको उदाहरण राप्रपा अधिवेशनमा महामन्त्री पदमा झिनो मतको हार नै प्रष्ट रहेको छ । देश दौडाहमा रेखाका कुरा र रेखा प्रति जनताले देखाएको चासो र चिन्तन पनि उनको राजनीतिक उचाई कस्तो रहन्छ निर्क्योल गर्न सक्ने बिषय हो। पार्टीले उम्मेदवार सिफारिस गरेपछि रेखा आफ्ना पार्टीका नेतालाई धन्यवाद दिन्छिन्। यतिबेला मोरङ्गमा नै रहेकी रेखा हामीसंगको कुराकानीमा भन्छिन् ,’पार्टीका अग्रज नेतालाई म धन्यवाद दिन चहान्छु। जुन विस्वास ममाथि गर्नु भएको छ त्यसको रिजल्ट म चुनावी मैदानबाट देखाउने कोसिस गर्नेछु। ‘

एमालेसंगको तालमेलको बिषयमा खासै बोल्न नचाए पनि उनले नेतृत्वमा छलफल चलिरहेको बताइन्। रेखा भन्छिन् ,’मोरङ्ग मेरो घर हो। यहाँ म चुनाव लड्नको लागी तयार छु। गठबन्धनमा सहमति भएमा मोरङ्गको जुनसुकै क्षेत्रबाट लड्न पनि तयार छु। ‘

रेखा तीज बिशेष पारेर मोरङ्गमा नै रहेकी छिन्। हिजो उनले आयोजित एक कार्यक्रममा सहभागिता जनाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्