‘प्रेमगीत ३’ हिन्दी ट्रेलर: प्रेममोहले सत्तामा ल्याएको अड्चन


बर्षको बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी भाषाको ट्रेलर सार्वजनिक भएको छ। जी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। प्रेम र सत्ताको लडाईका दुई आयाम प्रस्तुत गरेर निर्माण गरिएको ट्रेलर आकर्षक रहेको छ। राजयोग र प्रेमयोग बिचको द्वन्द्वलाई केन्द्रमा राखेर चलचित्रको ट्रेलर निर्माण गरिएको छ। राजपरिवारमा जन्मिएका प्रेमको जीवनमा युवती प्रवेशपछिको उतारचढावलाई ट्रेलरमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ।


छेतेन गुरुङ्ग र सन्तोष शेनको निर्देशनमा तयार भएको चलचित्र मल्टिस्टारर रहेको छ। प्रदिप खड्का, क्रिष्टिना गुरुङ्ग, सुनिल थापा, शिव श्रेष्ठ, प्रेम पुरी, पुस्कर कार्की, लक्ष्मी वर्देवा लगायतका कलाकार मुख्य भूमिकामा रहेका छन्।

बाहुबली र केजीएफजस्ता चलचित्रमा आफ्नो आवाज दिएका डविङ्ग आर्टिस्टको आवाजले प्रेमगीत ३ को ट्रेलरमा थप प्राण भरेको छ।
नेपाली भाषाको प्रेमगीत ३ असोज ७ मा नेपालमा रिलिज हुदैछ । सोहि दिन हिन्दी संस्करणको चलचित्र भारतमा रिलिज हुनेछ। हिन्दी संस्करणको चलचित्र नेपालमा कहिले रिलिज हुनेबारे अहिलेसम्म टुंगो लागेको छैन।

प्रतिक्रिया दिनुहोस्