रोहित शाक्यको प्रेममा गायिका त्रिशला गुरुङ्ग


त्रिशला गुरुङ्ग संगीत प्रेमीका लागी प्रिय नाम हो । उनको आवाज र सुन्दरताको प्रशंसक लाखौ रहेका छन् । गायन करियरलाई ब्रेक दिएर त्रिशला यतिबेला डाक्टर बनिसकेकी छिन् । आफ्नो अध्ययन सकेर पुन संगीतमा फर्किएकी गुरुङ्गले केहि सहकर्मीसंग मिलेर संगीत निर्माणको एक कम्पनी समेत खोलेकी छिन् ।

उनै त्रिशला संगीतकर्मी रोहित शाक्यको प्रेममा परेकी छिन् । लामै समयबाट सहकार्य गरिरहेको यो जोडी प्रेममा रहेको स्वयम् त्रिशलाको पोष्टले स्पष्ट पारेको छ । उनले आफ्नो सामाजिक संजालमा प्रेमिल क्याप्सन लेख्दै रोहितसंगको सम्बन्ध सार्वजनिक गरेकी छिन् । उनी लेख्छिन्, ‘मैले भर्खरै महसुस गरे कि हामी लामो समयका लागी साथि बन्न सक्छौ । तिमि मेरो हौ र तिमीलाई थाह छ म त्यसैको लागी तिमीलाई मन पराउछु ।’
कभर गीतमा सफलता हासिल गरेर त्रिशला चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्