कास्कीमा ‘गुलाबी’ को शुभमुहर्त, नाजिर र संचिता मुख्य भूमिकामा


नाजिर हुसेनलाई मुख्य भूमिकामा रहेको चलचित्र ‘गुलाबी’ को शुभ साइत भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सीता बराह मन्दिरमा चलचित्रको शुक्रबार क्यामेरा र स्क्रिप्ट पूजा गर्दै चलचित्रको मुहर्त गरिएको हो। भदौ अन्तिमबाट छायाँकन औपचारिक रुपमा सुरुवात हुने चलचित्रलाई समुन्द्र भट्टले निर्देशन गर्दैछिन्। नाजिर बाहेक अन्य कलाकार यसअगाडी सार्वजनिक गरिएको थिएन।

मुहर्तसंगै निर्माण टिमले अन्य कलाकार पनि सार्वजनिक गरिएको छ। चलचित्रमा संचिता लुईटेल, राजा घोष, विशाल पहारी ,अनुपम श्रेष्ठ कलाकारको रुपमा रहेका छन्। निर्देशक समुन्द्रको कथामा बन्न लागेको चलचित्रले पारलैङ्गिकताको कथा बोल्छ। दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर र अनुपम फिल्मससँगको सहकार्यमा निर्माण हुने चलचित्रमा रामकुमार श्रेष्ठ र नाजिर हुसेनको संवाद रहेको छ।

चलचित्रमा नजिरले ट्रान्सजेन्डरको भूमिका निर्वाह गर्दैछन्। उनले यो चलचित्रका लागी १५ केजी तौल घटाएर ५० केजी बनेका छन्। चलचित्रको पात्रका लागी नाजिर सधै मिहेनत गर्ने कलाकारको रुपमा रहेका छन्। यो फरक भूमिकामा पहिलोपटक प्रस्तुत भएका नाजिरले यसकालागी आफ्नो लामो समय छुट्याएका छन्।

प्रतिक्रिया दिनुहोस्