‘के घर के डेरा’ : काठमाडौंमा घर हुँदा पनि सुख छैन नहुँदा पनि


काठमाडौंमा घर कति महत्वपूर्ण लाग्छ त्यो डेरा बस्नेलाई बढी थाह हुन्छ। अझ परिवार सहित डेरा भाडामा लिएर बस्नेको सपना त एउटा घर पक्कै हुन्छ। यस्तै कथा र परिवेशमा घुमेको एक चलचित्रको टिजर सार्वजनिक भएको छ । दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ को टिजरले दुई परिवारको डेराको कथा र घरको सपना दर्शाएको छ । काठमाडौंमा घर किन्न संघर्षरत परिवार र घर भएर पनि लुकाउन बाध्यताको परिवारको कथावरिपरि चलचित्रको टिजर घुमेको देखिन्छ ।

चलचित्रमा दयाहाङ्ग राई र सुरक्षा पन्त, विपिन कार्की र बर्षा राउतको जोडी रहेको छ । रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ। सिंगे लामाको कथा रहेको चलचित्रमा महेश दवाडीको पटकथा / संवाद रहेको छ। दिर्घ गुरुङ्गले खिचेको चलचित्रलाई दिर्घ खड्काले सम्पादन गरेको छ।

प्रतिक्रिया दिनुहोस्