हरपल रोमान्टिक पुष्प र रुविना


अभिनेता पुष्प खड्का र अभिनेत्री रुबिना थापा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पुष्प र रुबिनालाई रोमान्टिक देख्न सकिन्छ । सुमन केसी र प्रबिसा अधिकारीको श्वर रहेको गीतमा मधु पौडेललले शब्द रचना गरेका छन् भने प्रल्हाद बोगटीको संगीत रहेको छ ।

‘पलपल हरपल’ बोलको प्रेमिल गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रीम पराजुलीको सम्पादन र कलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्