‘महापुरुष’ गीत: दुई पुस्ताको प्रेमको कथा


कार्तिक ११ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘महापुरुष’ चलचित्रको गीत सार्वजनिक भएको छ। ‘बेमौसमी’ बोलको गीतमा ‘एस डि योगी र रेश्मा पुनको आवाज रहेको छ। राम अविरल बिष्टले शब्द कोरेको गीतमा एस डीको संगीत रहेको छ। विवेक रसाईलीले निर्देशन गरेको गीतको भिडियोमा दुई पुस्ताको प्रेमभाव प्रकट गरिएको छ।

भिडीयोमा हरिवंश आचार्य र गौरी मल्लको साथमा नव-नायक अरुण क्षेत्री र नव-नायिका अञ्जना बराइली फिचर रहेका छन्। प्रमोद के भण्डारीले भिडियोमा कोरियोग्राफी गरेका छन्।

प्रदिप भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, रविन्द्र सिंह बानिया, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारको अभिनय रहेको छ। षटकोण आर्ट्सको प्रस्तुती रहेको चलचित्रमा म्याक्स दिपेश खत्री निर्माता रहेका छन्। रविन्द्रसिंह बानिया चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्