प्रेमगीत ३: सामाजिक संजाल बहसमा दिपकको यस्तो स्टाटस


यतिबेला नेपाली चलचित्र क्षेत्र प्रेमगीत ३ मय बनेको छ। बिशेष गरि चलचित्रको हिन्दी डब प्रदर्शनलाई लिएर यतिबेला सामाजिक संजाल र मिडियाले राम्रो स्थान पाइरहेको छ। बिशेष गरि अभिनेता प्रदिप खड्का र निर्माता सन्तोष शेनले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा सम्म मागेपछि यस्तो बहस सतहमा आएको हो। बिभिन्न आरोप लगाउदै सन्तोष र प्रदिप मैदानमा नै उत्रिएका छन् । आफ्ना पक्षमा आएका पोष्टलाई धन्यवाद र आफ्नो पक्षमा नभएका पोष्टलाइ चर्को आलोचनात्मक शब्दको प्रयोग गर्दै प्रदिप र सन्तोषले आफ्नो समाजिक संजाल यतिबेला भरिभराउ गरेका छन्। आन्तरिक छलफलमा जुट्नु पर्ने कुरालाई सामजिक संजालमा छरपष्ट पारेपछि अनेकन टिकाटिप्पणी भैरहेका छन्। सेलिब्रेटी पनि यतिबेला यसमा आफ्ना बिचार राखीरहेका छन्।

अभिनेता दिपकराज गिरिले निकै चोटिलो स्टाटस लेखेका छन्। उनले प्रदिप र सन्तोषलाई सवैलाई गाली गरेर मात्र चलचित्र चलाउने हो भनेर प्रश्न गरेका छन्।
दिपक लेख्छन् :
आज म लेख्दैछू ….
भूवन केसी , अनमोल केसी, झरना थापा ,म
अब हूदॉ हूदॉ आदरणीय सरोज खनाल दाइ उफ…
यो लिष्ट निक्कै लामो हूदैछ दिनप्रति ….
सबैलाइ गालि गरेरै फ़िल्म चलाउने हो ?
यति राम्रो हाइप हूदॉहूदै के गर्या यो?
आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाइ पनि उचालेर उद्योगका मान्छे लाइ गालि गर्न लगाएर
सबैलाइ सिध्याउने हो? त्यसपछि उद्योग सकिदिने?
अनि आफू मात्रै राज गर्ने हो?
घर नै नरहे कॉहा बस्छौ साथि?
जे जे गर्यौ महान काम गर्यौ,
तर हिन्दी भाषाकोमा नियम अनुसार कर तिर…
वरू राम्रो कामको लागि नेपाली भाषाको फ़िल्ममा extra छुट माग सक्किगो त ….यति लेखे पछि bycutanmol मा मेरो पनि नाम थपौला ,निर्देशन अनुसार गालि गलौच पनि गरौला पक्कै पनि !
तर यति ठूलो तिमिहरूको अन्याय कसरी सहेर बस्नु? साथिहरूले कसरी सहेर बसें मैले चाहि सकिन माफ पॉउ !
हरेकदिन मिडियामा आएर हंगामा मच्चाउने किन? आफ्ना सेना तथा समर्थक लाइ सभ्य हुन सिकाऔ साथि ! तपाइको फ़िल्म चल्दा हामि कसैको बेफाइदा छैन, तपाइको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ !फाइदा नै छ !
सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौ !
होइन भने एकले अर्को लाइ नसकौ!
जय नेपाल !!!

प्रतिक्रिया दिनुहोस्