A vertical shot of the black cat in the dark darkness

‘प्रेमगीत ३’ विश्वभर एकसाथ रिलिज तयारी, आक्रामक ओपनिङ्गको प्रक्षेपण


असोज ७ गते शुक्रबारबाट बर्षको बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुदैछ। चर्चा र विवाद विच रिलिज हुन लागेको चलचित्र नेपाली र हिन्दी भाषामा रिलिज हुने तयारीमा रहेको छ। बिशेष गरि चलचित्रको हिन्दी भर्सन विश्वभरका १२०० बढी पर्दामा रिलिज हुने तयारीमा रहेको छ। चलचित्रको ओपनिङ्ग आक्रामक हुने आंकलन यतिबेला गरिएको छ।

दुवै भर्सनको ओपनिङ्ग नेपाली चलचित्र इतिहासको सर्वाधिक ठुलो हुने अनुमान गरिएको छ। यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया लगायतका मुलुकमा पनि चलचित्र एकसाथ रिलिज हुदैछ। स्वर्गीय छेतेन गुरुङ्ग र सन्तोष शेन निर्देशित चलचित्रमा प्रदिप खड्का, क्रिष्टिना गुरुङ्ग, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, प्रेम पुरी लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्