A vertical shot of the black cat in the dark darkness

‘२ नम्बरी’ प्रचारका लागी भुटानबाट नायिका उगेन नेपालमा


असोजको २१ गतेबाट दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘२ नम्बरी’ रिलिजको तयारीमा रहेको छ। दयाहाङ्ग राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र भुटानी नायिका उगेन छोदेन मुख्य भूमिकामा रहेका छन्। किरण नेपाली चलचित्रको प्रस्तुतकर्ताको रुपमा रहेका छन्।

निर्माण टिम यतिबेला चलचित्रको प्रचारप्रसार तीव्रता दिने तयारीमा रहेको छ। चलचित्रको प्रचारका लागी भुटानी नायिका उगेन नेपाल आइपुगेकी छिन्। नायिका उगेन पनि भुटानबाट नेपाल आएपछि केही दिनमै ट्रेलर सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ । २ साथीको मित्रताको कथामा निर्माण भएको बताइएको चलचित्रको टिजर दर्शकले रुचाएका छन्।

प्रतिक्रिया दिनुहोस्