दर्शकको मन जित्दै निशा र प्रकाशको ‘नभन विदेशी’


निशा सुनार र प्रकाश सपुतको आवाजमा रहेको नयाँ गीत ‘नभन विदेशी’ सार्वजनिक भएको छ। गीतमा गायक प्रकाशको नै शब्द र संगीत रहेको छ। अम्रिका बस्दै आएकी गायिक सुनार नेपाल आएको समयमा सर्जक प्रकाश सपुतसंग मिलेर नयाँ गीत सार्वजनिक गरेकी हुन्।


सुनिल बिकेको निर्देशनमा तयार भएको गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् भने सम्पादन प्रविन भट्टले गरेका छन्।
प्रकाश सपुतको अफिसियल च्यानलबाट रिलिज भएको गीतलाई दर्शकले रुचाएका छन्। युट्युवको ट्रेण्डिङ्ग ६ मा यतिबेला गीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्