‘महापुरुष’ ट्रेलर: हरिवंश र गौरीको प्रेमले छोराको जीवनमा पारेको प्रभाव


कार्तिक ११ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ। हरिवंश आचार्य र गौरी मल्ल मुख्य भूमिकामा रहेको चलचित्रको ट्रेलरमा सन्तान हुर्काउन एक्लो बाबुले गरेको संघर्ष देखि बुढ्यौली उमेरमा बाबुको प्रेमले छोराको जीवनमा पारेको प्रभाव लगायत कुरा समेटिएको ट्रेलर निकै मर्मस्पर्शी र आकर्षक बनेको छ।

हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ चलचित्रको ट्रेलरमा केन्द्रिय पात्रको रुपमा रहेका छन्। मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, सिरु विष्ट पनि चलचित्रमा मुख्य भूमिकामा रहेका छन्।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रलाई म्याक्स दीपेश खत्री ले निर्माण गरेका हुन्। रविन्द्र सिंह बानिया चलचित्रको कार्यकारी निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्