‘महापुरुष’ को देशव्यापी ‘महाभ्रमण’, कुन शहरमा कुन मितिमा हुदैछ कार्यक्रम ?


कार्तिक ११ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘महापुरुष’ मोफोसल भ्रमणमा निस्किएको छ। ‘महाभ्रमण’ नाम दिएको यात्रा देशका मुख्य शहरमा हुदैछ। असोज २५ गते विर्तामोडबाट सुरु भएको यात्रामा चलचित्रका कलाकारहरु हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, चर्चित गायक निशान भट्टराई रहनेछन् । केहि सहरमा कलाकार मदनकृष्ण श्रेष्ठ पनि सहभागी हुनेछन्। हाँस्य र संगीतसहितको प्रस्तुति रहने चलचित्रको भ्रमणलाई पूर्ण मनोरन्जनात्मक बनाउने निर्माण टिम लागेको छ।

निर्माण टिमको प्रस्तुती असोज २५ मा विर्तामोडस्थित वान स्टप मल, असोज २६ इटहरीमा जनता प्राविको मैदान र विराटनगरको सेन्ट्रल मल, असोज २७ मा हेटौंडा, असोज २८ मा नारायणगढको नारायणी नदी किनार, असोज २९ मा बुटवलको टक्सार कम्प्लेक्सको अगाडि र असोज ३० मा पोखराको हलन चोकमा हुनेछ ।

षट्कोण आर्ट्सको व्यानरमा निर्मित यस चलचित्रका कार्यकारी निर्माता निर्माता दिपेश खत्री हुन् भने रबिन्द्र सिंह बानियाँ चलचित्रको कार्यकारी निर्माता हुन्। प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रबाट अरुण र अन्जनाले डेव्यु गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्