रामबाबु गुरुङ्गको ‘फुलबारी’ फागुन ५ मा


रामबाबु गुरुङ्ग निर्देशित चलचित्र ‘फुलबारी’ फागुन ५ गतेबाट रिलिज हुने भएको छ। पारिवारिक कथाबस्तुमा आधारित चलचित्र नेपाल सहित अन्य केहि देशमा एकै दिन रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ।

दयाहाङ्ग राई, विपिन कार्की,अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङ चलचित्रमा मुख्य भूमिकामा रहेका छन्। यशोधा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई मनिष ढकालले निर्माण गरेका छन्। सोहि दिन दुई नेपाली र दुई बाहिरी चलचित्र रिलिजको तयारीमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्