A vertical shot of the black cat in the dark darkness

कार्तिक बाट माघमा पुग्यो जितू र साम्राज्ञीको ‘ह्यारी की प्यारी’


जितु नेपाल र साम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘ह्यारी की प्यारी’ ले नयाँ रिलिज मिति सार्वजनिक गरेको छ । कार्तिक २५ गतेलाई रिलिज मिति तय गरेर पोष्टर सार्वजनिक गरेको निर्माण टिमले नयाँ रिलिज मिति माघ २० गतेलाई तय गरेको छ। नजिकिएको चुनाव र विश्वकप फुटबलको कारण चलचित्रको रिलिज मिति धकेलिएको हो । डा. कपिल रिजालको निर्माण र निर्देशनमा तयार भएको चलचित्रको यहि हप्ता एक क्लब गीत र नयाँ पोष्टर खिचिएको छ।

डा. भोला रिजालका छोरा कपिलको यो पहिलो निर्देशकीय चलचित्र हो। चलचित्रमा लक्ष्मी गिरि, विजय बराल, सुवास गजुरेल, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ। अभिनेत्री रेखा थापा चलचित्रमा केमियो भूमिकामा प्रस्तुत हुनेछिन् । चलचित्रमा निर्देशक रिजालको कथाम सुदिप बराल, गिरिराज घीरे र अभिमन्यु निरवीको पटकथा/ संवाद रहेको छ।

प्रतिक्रिया दिनुहोस्