A vertical shot of the black cat in the dark darkness

अडिसनबाट कलाकार खोज्दै ‘बिजुली’ चलचित्र


चलचित्र ‘बिजुली च्याप्टर १’ ले कलाकारका लागी अडिसन आह्वान गरेको छ। केहि समय अगाडी औपचारिक रुपमा घोषणा गरिएको चलचित्रको लागी आगामी २२ गते कान्तिपुर फिल्म एकेडेमीमा अडिसन लिईनेछ। अडिसनमा २५ देखि ३० बर्ष उमेरको पुरुष,३० देखि ३५ वर्षको पुरुष र १८ देखि २८ बर्ष उमेरको महिला कलाकार र अन्य सपोर्टिंग क्यारेक्टर छानिने छ। लुना केसीको निर्माणमा बन्न लागेको चलचित्रमा विकास गिरीको लेखन तथा निर्देशन रहेको छ।

बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रको क्रियटिभ प्रोडूसर केदार भुसाल रहेका छन्। चलचित्रमा मुकुन भुसाल,बेनिषा हमाल,कालु राना तय भैसकेका छन् भने बाँकी कलाकार अडिसन बाट छानिने छ । चार युग सत्य,त्रेता,द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको चलचित्रको अर्को भाग पनि निर्माण गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्