चलचित्रको गीतमा टिकटक बनाउनुहोस २५ हजार नगद जित्नुहोस


पछिल्लो समय समाजिक संजाल प्रयोगकर्तामाज टिकटक निकै लोकप्रिय रहेको छ। गीत देखि चलचित्र प्रमोशन सम्मको बलियो हतियार बनेको टिकटकमा एक चलचित्रको निर्माण टिमले नगद पुरस्कार समेत घोषणा गरेको छ। पुस २९ गते रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’ को एक गीतमा टिकटक बनाएर पुरस्कार जित्ने घोषणा निर्माण टिमले गरेको हो। ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक बनाएर २५ हाजर जित्न सकिनेछ।

यो प्रतियोगितामा भाग लिन चाहनेले आफ्नो टिकटक एकाउन्टमा भिडियो अपलोड गर्दा ह्यासट्यागमा गीतको बोल, चलचित्रको नाम र निर्देशकको नाममा लेख्नुपर्नेछ । यसको नतिजा पुष २६ गते घोषणा हुने बताइएको छ । यो नियम फिल्मका अन्य दुई गीत सार्वजनिक भएपछि पनि लागू हुनेछ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई २५ हजार नगद र तीनवटा प्रिमियरको पास प्रदान गरिनेछ ।

‘रुमालै बाटेर टाई बनाम’ गीतमा मेलिना राई र जगदिश समालको स्वर, सुभाष भुसालको संगीत र वि पाण्डेको शब्द रचना छ ।

चलचित्रमा इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन (खबपु) लगायतको पनि अभिनय छ । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्मित चलचित्रको कार्यकारी निर्मातामा सविर श्रेष्ठ, निर्मातामा पासाङ लामा छन् भने सह-निर्माता निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली हुन् ।

प्रतिक्रिया दिनुहोस्