‘फुलबारी’ पोष्टर: पाका विपिन मुस्काएका दया


रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र ‘फुलबारी’ को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, दयाहाङ्ग राई, अरुणा कार्की , प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ्गलाई फिचर गरिएको छ। यशोदा फिल्मस्को ब्यानरमा निर्माण भएको समाजिक नेपाली चलचित्रको कथा र कन्सेप्ट कमल किशोर मलपानीको हो ।

अभिभावक र सन्तान बीचको सम्बन्धको कथामा बनेको चलचित्रले नेपाली समाजमा सवैले भोगिराखेकै पारिवारिक सामाजिक कथा निर्देशक गुरुङले पस्किएका छन् । उपेन्द्र सुब्बाको पटकथामा विपिन र अरुणाले पाका दम्पतिको भूमिका निर्वाह गरेछन ।

चलचित्रमा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्की लगायतको अभिनय रहनेछ ।

फूलबारीमा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ । मणिराम पोखरेलले कार्यकारी निर्माता रहेको चलचित्रमामा मनिष ढकाल निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्