अभिनेत्री उपासनाको एक ड्रेस: जसले चर्चासंगै विरोधका शब्द किन सुन्दैछ ?


अभिनेत्री उपासना सिंह ठकुरी नेपाली चलचित्र निर्माताका लागी लक्की चार्मका रुपमा रहेकी छिन्। उनले जति चलचित्रमा अभिनय गरेकी छिन् सवै सुपरहिट बनेका छन्। उनको पछिलो रिलिज चलचित्र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ पायो। उनि मुख्य भूमिकामा रहेको अर्को चलचित्र ‘डिसेम्बर फल्स’ रिलिजको तयारीमा रहेको छ।

आर्यन सिग्देलसंग उनले चलचित्रमा जोडी बाधेकी छिन्। आर्यन र उपासना फिचर एक गीतको छायाँकन निर्माण टिमले केहि दिन अगाडी गरेको थियो। भक्तपुरमा भव्य सेट लगाएर सुटिङ्ग गरिएको गीतको भिडीयोमा उपासनाले लगाएको एक ड्रेसले यतिबेला समाजिक संजालमा मिश्रित प्रतिक्रिया पाइरहेको छ।

उपासनाले स्वयम्वुनाथ प्रिण्टेट लेहेंगा लगाएकी थिइन्। डिजाइनर सुनिताले तयार पारेको यो लुगाको भिडियो उनले टिकटक र ईन्स्टाग्राममा शेयर गरेकी थिइन्। धेरैले उनको सुन्दरताको तारिफ गरेका नै छन् भने अधिकांशले आफ्नो बौध धर्मको अपमान भएको समेत उल्लेख गरेका छन्। सामाजिक संजाल प्रयोगकर्ताले धर्म र आफ्नो विरासतको अपमान समेत भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्