‘डाँडाँघरे साइली’ टिमको नयाँ गीत ‘निरमाया ठूली’ मा प्रकाश र शिल्पा


नेपाली गीतसंगीतमा बेला–बेलामा कर्णप्रिय गीतहरु सार्वजनिक हुने गरेका छन् । अझ, आफ्नै मौलिक संकृति र परम्परा बोकेका गीत संगीतको खडेरी नै लागेको समयमा केही गीतले भने दर्शकको मन जित्छन् । यस्तै, एउटा गीत थियो ‘डाँडाघरे साइली’ ।

‘डाँडाँघरे साइली’ बोलको गीत ब्लकबस्टर हिट भएपछि यही टिमले नयाँ गीत ‘निरमाया ठूली’ सार्वजनिक गरेको छ । स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वरमा तयार भएको यो गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्णबम मल्लको संगीत छ ।

मौसम हिमालीको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा प्रकाश सपुत, शिल्पा पोखरेल र करिश्मा ढकालको अभिनय हेर्न सकिन्छ । यो गीतलाई पनि यसका मेकरले ‘डाँडाघरे साइली’ जस्तै दर्शकको मन छुने तरिकाले बनाएको छ ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा प्रविण भट्टको सम्पादन छ । आफ्नो मन युट्युब च्यानलबाट यो भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्