हेरा फेरी ३ मा अक्षय कुमार महंगा, कार्तिक आर्यनको बलियो सम्भावना


‘हेरा फेरी’ बलिउडमा सफल चलचित्र हो। यसको दोश्रो भाग ‘फिर हेरा फेरी’ पनि सफल बन्यो। यतिबेला यसका निर्माता फिरोज नाडियाडवाला हेरा फेरी ३ निर्माणको तयारीमा जुटेका छन्। परेश रावल, सुनिल सेट्टी, अक्षय कुमारको क्यामेष्ट्री चलचित्र हिट बन्नुको सूत्राधार नै रहेको थियो। केहि समय अगाडी ‘हेराफेरी ३ ’, ‘आवारा पागल दीवाना २’ र ‘वेलकम ३’ गर्ने तयारीमा अक्षय रहेको खबर बाहिरिएको थियो।

तर अक्षयले यतिबेला महँगो पारिश्रमिक मागेको चर्चा बलिउड संचारमाध्यममा बाहिरिएको छ। उनले ९० करोड बराबरको पारिश्रमिक मागेपछि निर्माता फिरोज यतिबेला कार्तिक आर्यनसंग सहकार्य गर्ने मुडमा पुगेका छन्। कार्तिकले यो चलचित्रका लागी ३० करोड पारिश्रमिक मागेको बुझिएको छ। कार्तिक ‘भुल भुलैया २’ हिट भएपछी सिक्वेल चलचित्रमा अक्षयको रिप्लेस गर्न सक्ने कलाकारको रुपमा हेरिदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्