A vertical shot of the black cat in the dark darkness

रेखालाई भोट माग्दै करिश्मा मानन्धर


अभिनेत्री रेखा थापा मोरङ्ग क्षेत्र ३ बाट प्रतिनिधि सभा उम्मेदवार रहेकी छिन्। लामो समय नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेत्रीको रुपमा रहेकी रेखा राप्रपाको तर्फबाट उम्मेदवार रहेकी हुन्। उनको नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारसंग कडा टक्कर रहेको छ। यहि बिचमा नेकपा एमाले नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरले रेखालाई भोट अपिल गरेकी छिन्। आफ्नै पार्टीका उम्मेदवारसंग लडाईमा रहेकी रेखालाई करिश्माले फेसबुक मार्फत भोट अपिल गर्दै शुभकामाना दिएकी छिन्।

करिश्मा लेख्छिन् :

कलाकार राष्ट्रका अभिन्न अंगहुन् ।
संस्कृति, संस्कारका सम्बाहक हुन ।
यो क्षेत्रको निर्माण , विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् ।
यो एउटा करोडौं लगानी भएको क्षेत्र बनि सकेको छ ।
अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो ।
यो संघर्षमा सामिल योद्धा ।
रेखा थापालाई भोट गर्न Morang District लाई आग्रह गर्दछु 🙏

प्रतिक्रिया दिनुहोस्