मिलनको आइटम गीत, सलोनसंगै शिल्पाको ठुम्का


सलोन बस्नेत मुख्य भूमिकामा रहेको चलचित्र ‘मिलन’ को आइटम गीत रिलिज भएको छ। ‘अलि अलि पिएपछी’ बोलको गीतमा बबिना किराती र कृष्ण केसीको स्वर छ । गीतमा टेक पौरखी राईको शब्द र संगीत रहेको छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापा फिचर रहेका छन्।

प्रवीण थापा निर्माता रहेको चलचित्रमा सलोन, कुशल र शिल्पासँगै शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल (ब्याकुली), सुमिन गुरुङ, रेजिना एक्चै मगर लगायतको अभिनय छ । चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्