A vertical shot of the black cat in the dark darkness

‘डिसेम्बर फल्स’ टिजर: कब्जामा रहेकी उपासनालाई बचाउन आर्यनको संघर्ष


चलचित्र ‘डिसेम्बर फल्स’ को टिजर सार्वजनिक भएको छ। प्रेम, द्वन्द्व र थ्रिलर समावेश टिजर आकर्षक देखिएको छ। आर्यन सिग्देललाइ रोमान्टिक र एक्सन अवतारमा प्रस्तुत गरिएको टिजरमा अभिनेत्री उपासना सिंह ठकुरीलाई भिलेनको कब्जा बाट छुटाउन गरेको संघर्ष देखाईएको छ।

ग्याङस्टर प्रेमीको भूमिकामा आर्यन देखिएका छन् भने उपासना नर्सको भूमिकामा देखिएकी छिन्। टिजरमा सलोन बस्नेत र नरेश भट्टराई पनि देखिएका छन्। लगातार असफल चलचित्रमा देखिएका आर्यन एक हिट चलचित्रको पर्खाइमा रहेका छन्। उपासना लगातार हिट चलचित्र देखिदै आएकी छिन्।

पुष १५ गते रिलिज तयारीमा रहेको चलचित्रलाई प्रविण झाले निर्देशन गरेका छन्। चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्