A vertical shot of the black cat in the dark darkness

क्लब फ्यारेनहाइटमा आदित्य नारायणको कन्सर्ट


आदित्य नारायण झाले क्लब फ्यारेनहाइटमा कन्सर्ट गर्ने भएका छन्। शनिबार मंसिर १० गते (२६ नोभेम्बर) का दिन आदित्यले ठमेलमा रहेको क्लब फ्यारेनहाइटमा प्रस्तुती दिने भएका हुन्।

आदित्यको कन्सर्टमा सहभागी हुन सोही दिन क्लब फ्यारेनहाइटबाट टिकट लिन सकिने कन्सर्टका आयोजक तथा क्लबका प्रबन्ध निर्देशक मिलन श्रेष्ठले जानकारी दिए ।


आदित्य शुक्रबार नेपाल आउने तालिका रहेको छ। उनले आफ्ना हिन्दी र केहि नेपाली गीत कन्सर्टमा गाउने बताइएको छ। उनले पशुपतिनाथको दर्शन गर्ने सेड्युल समेत रहेको छ। सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका आदित्यले नेपाली गीत संगीतमा ’कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्