‘तिम्रो मेरो साथ’ टिजर: पुष्पसंग बोल्ड साम्राज्ञीको प्रेम र बदला


अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ को टिजर सार्वजनिक भएको छ। रमेश एमके पौडेलको निर्देशनमा तयार भएको चलचित्रको टीजरले प्रेम र बदलाको कथा बोल्छ।

साम्राज्ञी र पुष्पले चलचित्र ‘मारुनी’ मा साथ काम गरेका थिए। ठीकठाक व्यापार र रिभ्यु पाएको चलचित्र पश्चात दुवैको यो दोश्रो सहकार्य हो। चलचित्रमा पुष्प र साम्राज्ञीको साथमा सरोज खनाल, सन्दीप क्षेत्री, खड्क बहादुर पुन लगायतका कलाकारको अभिनय रहेको छ।

आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । चलचित्र पौष २९ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्