‘डिसेम्बर फल्स’ : उपासनाले आर्यनलाई चार घण्टा कुराएपछी


अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्र ‘ डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक भएको छ। ‘चार घण्टा हिडेपछि’ बोलको गीतमा मेलिना राई र निशान भट्टराईको आवाज रहेको छ। गीतमा दिपक शर्माको शब्द र संगीत रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा आर्यन र उपासनाको जोडी गज्जब देखिएको छ।

प्रविन झाको निर्देशनमा तयार चलचित्रलाई राम प्रसाद रिलिज र राज कुमार भट्टले निर्माण गरेका हुन्। चलचित्र पौष १५ मा रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहोस्