A vertical shot of the black cat in the dark darkness

हायातमा संयम र आश्माको विवाह, नर्लिङ्ग रिसोर्टमा पार्टी


अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसीले लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन्। केहि बर्ष बाट अमेरिका बस्दै आएका संयम-आश्माले नेपालमा हिन्दू परम्परा अनुसार शुक्रबार बौद्धस्थित पाँचतारे हायात होटलमा विवाह भएको हो । पारिवारिक र निकट व्यक्ति करिव २०० जना जन्ती विवाहमा सहभागी रहेका थिए।

दुवैको विवाहमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, हेमराज बिसी, गौरव पहरी लगायतका कलाकर्मी पुगेका थिए। रवि लामिछाने पनि दुवैलाई आशिर्वाद दिन पुगेका थिए।

आश्मा र संयमले ‘आभाष’ चलचित्रमा साथ काम गरेका थिए। केहि चलचित्रमा आश्माले अभिनय गरेकी छिन् भने संयमले आफुले अभिनय गरेका चलचित्रमा राम्रो छाप छाड्न सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्