‘डेसान’ गीतमा पुनमसंग रोमान्टिक निशान


चलचित्र ‘डेसान’ को गीत ‘आइ लभ यु’ सार्वजनीक गरिएको छ । प्रताप दास र प्रबिशा अधिकारीको स्वर, राजु थापाको शब्द, हरि लम्सालको संगीत गीतमा रहेको छ।

रोमान्टिक गीतको भिडियोमा नव नायक, नायिकाद्वय निशान चौहान र पुनम थापालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । गीतमा कोरियोग्राफी अजय स्याङ्तेनको छ ।


कमल एक्चै मगर निर्देशित चलचित्र मङ्सिर २३ बाट देशब्यापी प्रदर्शनमा आउन लागेको छ। पारिवारिक प्रेम, बिश्वास, घात तथा बदलाको कथा उठान गरिएको चलचित्रलाई सामाजीक महामारीको कथाको रुपमा ब्याख्या गरिएको छ। चलचित्रमा निशान र पुनमका साथमा भोला सापकोटा,नम्रता सापकोटा,कविता आले,आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारु मगर लगायतको अभिनय छ ।


पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्र को कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो ।

प्रतिक्रिया दिनुहोस्