A vertical shot of the black cat in the dark darkness

पर्फेक्ट वाइफ भन्दै बलरामले गरे रेखाको तारिफ, सन्तान योजनाबारे यस्तो दिए जवाफ


नेपाली चलचित्र क्षेत्रमा रेखा दशक बढी नम्बर १ अभिनेत्रीको रुपमा स्थापित रहिन्। जहा रेखा छिन् त्यो हिट छ भन्ने प्रचलन उक्त समयमा चलेको थियो। सहर देखि दुरदराजका गाउँसम्म रेखाको क्रेज त्यो बेलादेखि यो बेलासम्म रहेको छ। सुगम देखि दुर्गम ठाउसम्म हरेक पुस्ताका दर्शकले चिन्ने एकमात्र नाम रेखाको बनिसकेको छ। अहिले पनि उक्त नाम कायम रहेको छ। चुनावी मैदानमा उत्रिदा रेखालाई भेट्न र कुरा गर्न आउने हरेक पुस्ताका जनताको क्रेजले पनि रेखाको पहिचान स्पष्ट पर्छ। भलै रेखा चुनावी मैदानमा तेश्रो भइन्।


रेखा चुनाव लगत्तै एक विवाहको रिसेप्सन पार्टीमा सहभागी भईन्। राजधानीको एक तारे होटलमा आयोजित सलोन बस्नेत र करिश्मा केसीको भव्य रिसेप्सन पार्टीमा रेखा पति बलराम शाहीसंगै पुगिन्। दुवैकोको मिडियामा पहिलो सहभागिता रहेको थियो । रिसेप्सनमा पुगेको यो जोडीले मिडियालाई केहि समय दियो।


पति बलराम शाही आफ्नी पत्नी रेखाको प्रशंसामा थाकेनन्। उनले आफुले कल्पना गरेको जस्तै श्रीमती पाएको बताए। रेखा एक पर्फेक्ट वाइफ भएको बताउदै उनले देवीको उपमा दिए। रेखाले पनि बलरामको प्रशंसा गर्दै महिलालाई सम्मान गर्ने र आध्यात्मिक व्यक्ति रहेको बताइन्। दुवैलाई सन्तान योजना बारे गरिएको प्रश्नमा हरेक विवाहीत दम्पतीलाई सन्तानको चाह हुने र त्यो प्राकृतिक प्रकिया भएको पनि बताए। हामीलाई पनि सन्तानको चाह छ र योजना चाडै बनाउने पनि दुवैको तर्क थियो।

प्रतिक्रिया दिनुहोस्