A vertical shot of the black cat in the dark darkness

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ इन्डक्ल्याप, पुषमा रिलिज


चलचित्र ‘डिसेम्बर फल्स’ को छायांकन सकिएको छ। सुटिङ्ग सुरुवात भएको तीन बर्षपछी चलचित्रको सम्पूर्ण सुटिङ्ग सकिएको हो। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा शनिबार चलचित्रको क्लाइमेक्स सुटिङ्ग गर्दै इन्ड-क्ल्याप गरिएको हो ।

२०७७ सालको मंसिरमा निर्माण घोषणा गरिएको चलचित्र कोरोना महामारी सुरु भएपछि अनिश्चित बनेको थियो ।
लाङटाङ क्षेत्रमा हेलिकोप्टरबाट उद्धार गरिएको दृश्य छायांकनसँगै ‘डिसेम्बर फल्स’ इन्ड क्ल्याप भएको हो । आर्यन सिग्देल र उपासना सिंह ठकुरी र सलोन बस्नेत चलचित्रको मुख्य भूमिकामा रहेका छन्।

प्रवीण झा निर्देशित चलचित्रका निर्माता रामप्रसाद रिजाल हुन् । चलचित्र पुष १५ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्