A vertical shot of the black cat in the dark darkness

प्रेमी युद्धसंग रोमान्टिक पूजा


हेटौडाका युद्ध बानियाँले अभिनेत्री पूजा शर्माको दिल चोरेको केहि बर्ष भैसक्यो। दुवैको प्रेम खुल्ला किताब बनेको केहि बर्ष बितिसक्यो।

पूजा आफ्ना प्रेमी युद्धलाई सार्वजनिक कार्यक्रममा साथ लिएर पुग्ने गर्छिन्। सामजिक संजालमा पनि दुवैको प्रेम स्पष्ट देख्न सकिन्छ । व्यक्तिगत जीवन जस्तै दुवै व्यावसयिक जीवनमा पनि सहकार्य गरिरहेका छन्।

पूजा र युद्धको विवाहको चर्चा चलेको पनि केहि समय भैसक्यो। तर दुवै यतिबेला केहि व्यवसायिक काममा जुटेको हुनाले विवाह पछि सरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्