A vertical shot of the black cat in the dark darkness

‘हात्तीछाप’ मा दयाहाङ राई, हिरोइनमा उपासना ?


‘दुई नम्वरी’ निर्माता किरण नेपालीको निर्माणमा तयार हुने नयाँ चलचित्र ‘हात्ती छाप’ मा अभिनेता दयाहाङ्ग राई जोडिएका छन् । सिमोस सुनुवारको निर्देशनमा तयार हुने चलचित्रका लागी निर्माण पक्ष र दया विच सम्झौता भएको छ।

चलचित्रमा अर्को एक प्रमुख अभिनेता समेत रहनेछन्। यसको टुंगो चाडै लगाउने निर्माण टिमले जानकारी दिएको छ।


चलचित्रमा को अभिनेत्री रहने भन्ने बारे निर्माण टिमले जनाकारी दिएको छैन। तर चलचित्रमा अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहने सक्ने श्रोतले जानकारी दिएको छ। फागुनबाट चलचित्र फ्लोअरमा जाने तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्