A vertical shot of the black cat in the dark darkness

प्रेम, विछोड र वदलाको भावमा पुष्प र साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ ट्रेलर


पौष २९ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक गरिएको छ। रमेश एम के पौडेल निर्देशित चलचित्रको ट्रेलरमा संवादलाई बिशेष महत्व दिईएको छ।

पुष्प खड्का,साम्राज्ञी राज्यलक्ष्मी शाह र सन्दिप क्षेत्री मुख्य भूमिकामा रहेको चलचित्रको ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेर रिलिज गरिएको थियो।

रमेश एमके पौडेल, अर्नव पौडेल आर्यन पौडेल र पासांग लामा निर्माता रहेको चलचित्रमा शविर श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। चलचित्रमा सरोज खनाल, इमली लामा, खड्ग बहादुर पुन लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्