‘छक्का पन्जा ४’ पोष्टरमा दिपक, फागुनमा रिलिज भोलिबाट सुटिङ्ग


चलचित्र ‘छक्का पन्जा ४’ को पहिलो पोष्टर निर्माण टिमले सार्वजनिक गरेको छ। सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य अभिनेता दिपकराज गिरिलाई फिचर्ड गरिएको छ। सार्वजनिक पोष्टरले दुई कौतुहलतालाई मेटाएको छ। पहिलो चलचित्र वृत्तमा चलेको निर्देशक परिवर्तनको चर्चा।

हेमराज बिसी चलचित्र निर्देशन गरिरहेका छन्। तर चलचित्रको अन्तिम सेड्युल अगाडी निर्देशक परिवर्तन भएको चर्चा रहेको थियो। तर निर्देशकको रुपमा हेमराज नै रहेको पक्का भएको छ। अर्को चलचित्रको रिलिज मितिलाई लिएर चर्चा रहेको थियो। फागुन १९ मा पहिले रिलिज मिति लक गरिएको चलचित्र यहि मितिमा आउने पक्का भएको छ।

आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको चलचित्रको अन्तिम सेड्युलको सुटिङ्ग भोलिबाट सुरु हुने भएको छ । चलचित्रमा दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे ‘माग्ने बुढा’, निर्मल शर्मा, बेनिशा हमला, मलिना जोशी , राज आचार्य लगायतका कलाकारको अभिनय रहेको छ। केदार र निर्मल चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्