A vertical shot of the black cat in the dark darkness

‘तिम्रो मेरो साथ’ लिएर पुष्प, साम्राज्ञी र सन्दिप मोफसल यात्रामा


पौष २९ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ ले मोफसल यात्रा सुरुवात गरेको छ। मंगलवार पोखराबाट चलचित्रको टिमले मोफसल यात्रा सुरुवात गरेको हो। निर्माता तथा निर्देशक रमेश एम के पौडेलको नेतृत्वमा नायक पुष्प खड्का, नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र कलाकार सन्दिप क्षेत्री मोसफल यात्रामा रहेका छन्।

चितवन,बुटवल, नारायणगढ, हेटौंडा, विराटनगर र बिर्तामोड पुगेर दर्शक र संचारकर्मीसंग भेटघाट गर्ने योजनामा निर्माण टिम रहेको छ।

सविर श्रेष्ठको लेखन रहेको चलचित्रमा इमिली लामा, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीको पनि अभिनय छ । सवीर कार्यकारी निर्माता रहेको चलचित्रमा शिव ढकालको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ। चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेल निर्माता, रहेका छन् भने निरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली सह निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्