A vertical shot of the black cat in the dark darkness

पुष्प र बर्षाको ‘मनसंग मन’ लाई रिलिज हुने सकस


पुष्प खड्का र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्र ‘मनसंग मन’ को प्रदर्शन मिति पुन: सरेको छ। कोरोना महामारीका कारण २०७७ चैत्र २७ गतेलाई तोकिएको रिलिज मिति रोकियो। त्यसपछि यसै वर्षाको माघ २० गतेलाई रिलिज मिति तय गरिएको थियो। तर यो मितिमा पनि चलचित्र रिलिज नहुने भएको छ। अव यो च्च्लाचित्रको नयाँ रिलिज मिति माघ २७ गतेलाई तय गरिएको छ।

अभिनेता पुष्प खड्काको अर्को चलचित्र ‘तिम्रो मेरो साथ ‘ पौष २९ गते रिलिजको तयारीमा रहेको छ । सोहि कारण रिलिज मितिमा केहि समय हेरफेर भएको निर्माण टिमले जानकारी दिएको छ। कैलाश राइको निर्देशनमा तयार भएको चलचित्र सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण भएको छ। अरुण तामाङले निर्माण गरेको चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास लगायतका कलाकारको पनि अभिनय रहेको छ। सौराभ लामाको छायाँकन, अर्जुन जिसीको सम्पादन चलचित्रमा रहेको छ। रामजी लामिछाने कोरियोग्राफर रहेको चलचित्रको एक गीतमा पूजा शर्मा र पल शाह फिचर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्