‘नांगो गाउँ’ मा दया र मिरुना


लामो पत्रकारिता यात्रापछि चलचित्र निर्देशनमा होमिएका दिपेन्द्र लामाको निर्देशनमा तयार हुने चलचित्र ‘नांगो गाउँ’ घोषणा गरिएको छ। लामाकै लेख्न रहेको चलचित्रमा दयाहाङ्ग राई र मिरुना मगरको जोडी बधिएको छ। मनिष्मा फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने चलचित्रमा जय श्रेष्ठको लगानी रहनेछ भने चलचित्रका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् ।

दया र मिरुनाले साथमा कबड्डी ४ मा अभिनय गरेका छन् भने दिपेन्द्र र दयाले घामपानी र दुइ नम्बरी चलचित्रमा सहकार्य गरेका छन्। राजनीतिक कथामा तयार हुने चलचित्रका अन्य कलाकार चाडै फाइनल हुने निर्माण टिमले बताएको छ। मानव जातिको लाचारीपना, निर्लज्जता र ढोंगप्रति ब्यङ्ग्य हुने बताइएको चलचित्रको सुटिङ्ग चैत्र महिनाबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्