मोसफलमा दर्शकको भेटले उत्साहित ‘तिम्रो मेरो साथ’ टिम


रमेश एमके पौडेलको नेतृत्वमा रहेको ‘तिम्रो मेरो साथ’ चलचित्रको टीम निकै उत्साहित र अपेक्षित रहेको छ। पौष २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको टीमले मोसफल प्रचार सकेर काठमाण्डौ केन्द्रित प्रचारमा अगाडी बढ्ने भएको छ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लामो अन्तर पछि चलचित्र लिएर दर्शकमाझ आउदै छिन् । सोहि कारण पनि निर्माण टिमको अपेक्षा र उनको उत्साह दुवै बढी रहेको छ।

निर्देशक रमेश एम के पौडेल, कलाकार सन्दिप क्षेत्री, पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह देशका विभिन्न स्थानमा पुगेर चलचित्रको प्रचारमा सहभागी भएका थिए। पोखराबाट सुरुवात भएको चलचित्र टिमको यात्रा दमक पुगेर सकिएको थियो। देशका विभिन्न ठाउमा पुग्दा पाएको दर्शकको साथले चलचित्रको टिम उत्साहित रहेको छ । रिलिज मिति नजिकिदै गर्दा चलचित्रको टिमले प्रचारमा पाएको दर्शकको साथले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्ट रहेको चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुषाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । सबिर श्रेष्ठको कार्यकारी निर्माता रहेको चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्