A vertical shot of the black cat in the dark darkness

‘गुञ्जन’ दोश्रो ट्रेलर, त्रिकोणात्मक प्रेमको कथा


अष्ट महर्जनको निर्देशनमा तयार भएको चलचित्र ‘गुञ्जन’ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ। त्रिकोणात्मक प्रेम सम्बन्धमा आउने उतारचढावको कथा बोलेको चलचित्रको ट्रेलरमा मुख्य कलाकार अटाएका छन्।

सारा श्रीपाली, प्रितम राज सेन्चुरी र कविर खड्काको त्रिकोणात्मक प्रेम कथामा ट्रेलर बगेको छ। पौष २९ गतेबाट रिलिज हुने चलचित्रमा सरोज खनाल, हिउँवाला गौतम, निरुता स्याङ्तान लगायतको अभिनय रहेको छ छ ।

पोखरा, जोमसोम, काठमाडौं र दुबईमा छायांकन गरिएको चलचित्रलाई हिराकृष्ण शाहीले निर्माण गरेका छन्। राजेश श्रेष्ठको छायांकन र विपिन मल्लको सम्पादन रहेको चलचित्रमा कल्याण सिंह र अर्जुन पोखरेलको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्