चितवनमा पुष्पसंग बोल्ड साम्राज्ञी, प्रिमियरमा उत्साहजनक प्रतिक्रिया


पौष २९ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ को बुधबार चितवनमा प्रिमियर गरिएको छ। चितवन प्रिमियरमा सहभागी हुन् निर्देशक रमेश एम के पौडेल, नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह, नायक पुष्प खड्का र कलाकार सन्दिप क्षेत्री पुगेका थिए। प्रिमियर अगाडी टिम चितवनमा जारि एक महोत्सवमा पुगेका थिए।

मोहत्सवमा निकै सफ्ट बनेर पुगेकी साम्राज्ञी प्रिमियरमा भने बोल्ड देखिएकी थिइन्। ठुलो भिड रहेको महोत्सवमा बडीगार्ड सहित पुगेको निर्माण टिम साझमा लक्की मिडिया हाउस चितवनले गरेको प्रिमियरमा सहभागी बन्यो। प्रिमियरमा साम्राज्ञी निकै बोल्ड बनेर पुगेकी थिइन्।

प्रिमियरमा उत्साहजनक प्रतिक्रिया मिलेको भन्दै निर्देशक पौडेलले खुशी साटे। चलचित्रको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली छन्।

निर्देशक पौडेलको कथा रहेको चलचित्रमा कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा र संवाद छ ।

प्रतिक्रिया दिनुहोस्